ग्रीनलाइफ हाइड्रोले २३ गतेबाट सेयर जारी गर्दै, स्थानीयले नकिनेपछि सर्वसाधारणको हिस्सा बढ्यो

बिजमाण्डू
२०७७ माघ ११ गते ०८:५४ | Jan 24, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेबाट सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयरमा २७ गतेसम्म आवेदन दिन पाइन्छ।

स्थानीय बासिन्दालाई जारी गरेकोमध्ये बिक्री नभएको सेयरसमेत गरेर कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको हो। 

कम्पनीले १८ लाख कित्ता स्थानीय बासिन्दाका लागि जारी गरेको थियो। त्यसमध्ये १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री भएको थिएन।

योसमेत गरेर कम्पनीले सर्वसाधारणलाई कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री गर्न लागेको हो। यसमध्ये एक लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। ६९ हजार ९२८ कित्ता सेयर आफ्ना कर्मचारीलाई छुट्याएको छ।

बाँकी रहेको सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्। परियोजनाको साधारण लगानी फिर्ता अवधि अनुमानित ८ वर्ष छ। यसको रेट अफ रिटर्न साढे ११ प्रतिशत जति छ। 

परियोजना दोलखाको गौरीशंकर गाउँपालिकामा छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने छ। 

प्रति मेगावाट १९ करोड रुपैयाँ लागत रहेको छ।