स्टक डिलरले पायो अनुमति, कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले काम थाल्ने

बिजमाण्डू
२०७७ माघ ९ गते १६:३३ | Jan 22, 2021
स्टक डिलरले पायो अनुमति, कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले काम थाल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको छ। 

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले काम भने थालिसकेको छ। कम्पनीले प्रमुख कार्यकारीमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरिसकेको छ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७६ फागुन १ देखि लागू हुने गरी नियमावली परिवर्तन गरेको थियो। 

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले सञ्चालन स्वीकृति दिइएको बोर्डले जनाएको छ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजीबजारमा गतिशिलताआई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले बिज्ञप्तिमा उल्लेख गरेको छ।