अर्थमन्त्री पौडेलले दातृ निकायलाई भने-‘राजनीतिक दुर्घटनाले आर्थिक विकास रोकिँदैन’

बिजमाण्डू
२०७७ माघ ९ गते ११:२० | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं  । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विदेशी दातृ निकायलाई राजनीतिक दुर्घटनाले आर्थिक विकास गतिलाई असर नगर्ने बताएका छन्।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीलाई राजनीतिक गरिरोधले आर्थिक पुनरुउत्थानमा कुनै असर नगर्ने बताएका हुन्।   

'एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी' कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुअल मिटिङमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। 

पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया हो भन्दै नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधारमा अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरे। 

अर्थमन्त्री पौडेलले क्रेडिट फ्यासिलिटि कार्यक्रम कुनै व्यक्ति वा दल विशेषको लागि लक्षित नभै नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनलाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गरे । 

एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रममा उल्लेखित विषयहरु संरचनागत सुधार, श्रोत व्यवस्थापन, वित्तीय संघीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रुपमा प्रभाव राख्ने प्रकृतिका भएका पनि अर्थमन्त्री पौडेलले बताए ।