सामसङले १ लाख माथिका एस २१ सिरिज स्मार्टफोन ल्यायो, प्रि बुकिङ गर्दा थप उपहार पाइने

बिजमाण्डू
२०७७ माघ ९ गते १०:५२ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सामसङ नेपालले एस २१ सिरिज अन्तर्गत ग्यालेक्सी एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा स्मार्टफोन बजारमा ल्याएको छ।

ग्यालेक्सी इकोसिस्टम अन्तर्गतका यी फोनहरुमा उपलब्ध बिभिन्न सुविधाहरुले प्रयोगकर्तालाई अझै बढी अलौकिक अनुभव दिने कम्पनीले जनाएको छ।

एस २१ सिरिजमा प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक सुरक्षाका लागि नयाँ टुल्सहरुको प्रयोग गरिएको कम्पनीले जनाएको छ।

एस२१ सिरिजमा प्रयोगकर्ताले सुरक्षित तरिकाबाट फोटोको मेटा डेटा लोकेसन हटाउन सक्ने तथा कन्टेन्ट एक्सेसको लागि पनि समय तोक्ने सुविधा दिएको छ।

यसमा अल्टा वाइड ब्याण्ड प्रविधि प्रयोग भएको छ जसले हाइपर फास्ट कनेक्सन सुविधा दिन्छ।

नेक्स्ट जेनरेसन कार्यक्षमता भएको एस २१ सिरिजका स्मार्टफोनले प्रयोगकर्तालाई ग्राउण्ड ब्रेकिङ फिचरका साथ नयाँ अनुभव दिने कम्पनीले जनाएको छ।

सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने-'सामसङमा हामीले निरन्तर नयाँ आविष्कार गरी स्मार्ट फोनको जगतमा नयाँ आयाम थपेका छौं। नयाँ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो। प्रयोगकर्ताहरुको दैनिकीलाई अझै सहज र समृद्ध बनाउन हामी प्रयासरत छौं।'

बजारमा आएको नयाँ ग्यालेक्सी एस २१ अल्ट्रा १२/२५६ जीबीको मूल्य १ लाख ५४ हजार ९९९ तोकिएको छ।

यसैगरी ग्यालेक्सी २१ एस प्लसको  ८/२५६ जीबीको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। यस्तै एस २१ को  ८/२५६ जीबीको मूल्य  १ लाख ९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ ।

ग्यालेक्सी अल्ट्रा दुई वटा रंगमा उपलब्ध छ भने एस २१ प्लस तीन रंगहरु उपलब्ध छ।

यसैगरी एस २१ दुई रंगमा उपलब्ध रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

सामसङले यी सेटहरुको प्रि बुकिङ्ग यही जनवरी २२ तारिखदेखि फेब्रुवरी ४ तारिखसम्म खुल्ला गरेको छ ।

जनवरी २२ तारिखदेखि नेपालभर रहेका मुख्य मोबाइल स्टोर, इ-कमर्स प्लाटर्फम जस्तै दराज, स्मार्ट डोको, सस्तो डिल, इ-सेवा आदिबाट गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

प्रि-बुकिङ गर्नेहरुका लागि कम्पनीले उपहार समेत  दिने बताएको छ।

यसबाहेक सबै प्रि अर्डर गर्ने ग्राहकहरु भाग्यशाली ड्रमा पनि सहभागी गराइनेछन्। यसमा यूरोपको राउण्ड ट्रिपका साथै बिभिन्न आकर्षक पुरस्कारहरु रहेका छन्।

अनलाइन भुक्तानी तथा शून्य प्रतिशत इएमआई सुविधाका साथ सामसङले नयाँ उत्पादनहरु बजारमा ल्याएको बताएको छ। यस्तै पुरानो फोनसँग साट्ने सुविधाका साथै एक वर्षका लागि वान टाइम ब्रेकेज सुविधा पनि दिएको सामसङले जनाएको छ।