मञ्जुश्री फाइनान्सले साढे ९ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै, माघ १८ बाट आवेदन दिन पाइने

बिजमाण्डू
२०७७ माघ ९ गते ०९:२१ | Jan 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। मञ्जुश्री फाइनान्सले  साढे नौ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्सले माघ १८ गतेबाट ऋणपत्र जारी गर्ने छ।

ऋणपत्र खरिदका लागि २१ गतेसम्म आवेदन दिन सकिने छ। फाइनान्सले अंकित मूल्य १००० रुपैयाँ दरको ऋणपत्र जारी गर्न लागेको हो।

कम्पनीको ऋणपत्रमा कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ। बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ।

ऋणपत्र २०८५ सालमा परिपक्व हुने छ। कम्पनीले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ३० करोड प्राइभेट प्लेसमेन्ट र बाँकी सर्वसाधारण र सामूहिक लगानी कोषलाई बिक्री गरिने छ।