मिस नेपालको आधिकारिक कार टाटाको अल्ट्रोज, सिप्रदीले हस्तान्तरण गर्‍यो हिडन ट्रेजरलाई

बिजमाण्डू
२०७७ माघ ८ गते १६:५३ | Jan 21, 2021
मिस नेपालको आधिकारिक कार टाटाको अल्ट्रोज, सिप्रदीले हस्तान्तरण गर्‍यो हिडन ट्रेजरलाई

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ। 

केही समयअघि सिप्रदी र हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौता भएको थियो।

बिहीबार सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहको रोहवरमा हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका छन्।

प्रिमियम ह्याचब्याक सेग्मेन्टका रूपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको विज्ञप्तिमा उल्लेख छ। यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

टाटा अल्ट्रोज अल्फा अर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो र एक मात्र गाडी हो। यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन।

यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ। यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ।