ट्राफिक राजनीतिक दलको विरोध कार्यक्रमको व्यवस्थापनमा जानुपर्ने भएपछि ट्रायल रोकियो !

बिजमाण्डू
२०७७ माघ ८ गते १६:२२ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। ट्राफिक प्रहरीले नभ्याउने भएपछि विहीबार सवारी चालक अनुमतिपत्र ( लाइसेन्स) को ट्रायल परीक्षा रोकिएको छ। 

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र  ललितपुरले  एक सुचना निकालेर  शुक्रबारका लागि तोकिएको परीक्षा आइतबारका लागि सारेको छ। शुक्रबार  विभिन्न राजनीतिक  दलहरुबाट उपत्यकाका विभिन्न स्थानहरुमा विरोध लगायतका कार्यक्रमहरु छन्। ती कार्यक्रममा भीभीआइपी/भीआइपीहरुको  आवगमनका कार्यक्रमहरु रहेको छ।

कार्यक्रमको  व्यवस्थापनमा ट्राफिक जनशक्ति खटिनुपर्ने भएकाले  प्रतिनिधीहरु  उपस्थित हुन नसक्ने भनी ट्राफिक प्रहरी कार्यालयले चिठ्ठी पठाएपछि ट्रायल रोक्ने निर्णय गरिएको  यातायात कार्यालयले जनाएको छ। सुचनामा शुक्रबार लिने भनिएको प्रयोगात्मक ट्रायल परीक्षा ११ गते आइतबार विहान  १० बजेदेखि सुजुकी ड्राइभिङ स्कुल एकान्तकुना ललितपुरमा लिइने उल्लेख गरिएको छ।