सिटिजन्स बैंकले ल्यायो कन्ट्याक्टलेस कार्ड, २ हजार रुपैयाँसम्म विना पिन कारोबार हुने

बिजमाण्डू
२०७७ माघ ८ गते १५:४१ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैक इन्टरनेसनलले भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ। 

नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित ट्याप सुविधा भएको पस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। 

यस प्रविधिमा मेसिन भित्र कार्ड नछिराई एउटा सीमित दुरीबाट पस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ। 

यो प्रविधि सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिने खालको रहेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्र बैकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकको देशभर १०९ शाखा, ९८ एटीएम र १०७ शाखारहित बैंकिङ सेव इकाइ छन्। बैंकले क्युआरकोडबाट भुक्तानी सेवा यसअघि नै सुरु गरिसकेको छ।