पहिलो ६ महिना सकिँदा आयातको ग्राफ उकालो लाग्यो, पुषमा मात्रै १ सय ३६ अर्बको आयात

बिजमाण्डू
२०७७ माघ ८ गते ११:४९ | Jan 21, 2021

Tata
GBIME
Nepal Life

 

काठमाडौं। चालु वर्षको पहिलो ६ महिना सकिँदा आयातको ग्राफ उकालो लाग्न थालेको छ।

वर्षको सुरुतिर गत वर्षभन्दा १२ प्रतिशत कम आयात भएकोमा अहिले ४ प्रतिशतमा आइपुगेको हो।

भन्सार विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै १ खर्ब ३६ अर्बको आयात भएको छ।

यो आयातबाट विभागले ३७ अर्ब भन्सार महसुल समेत संकलन गरेको छ।

हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजस्व संकलन गरिसकेको छ। यो वर्ष विभागले ४ खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

चालु वर्षको ६ महिनामा कुल आयात ६ खर्ब ६१ अर्ब पुगेको छ। यो गत वर्षको सोही अवधिको आयात भन्दा ४ प्रतिशतले कम आयात हो।

यो अवधिमा गत वर्ष ६ खर्ब ९४ अर्ब बराबरको आयात भएको थियो।