सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो, ब्यापार बृद्धिसँगै खुद ब्याज आम्दानीमा राम्रो सुधार

बिजमाण्डू
२०७७ माघ ८ गते ०९:२३ | Jan 21, 2021
सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो, ब्यापार बृद्धिसँगै खुद ब्याज आम्दानीमा राम्रो सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले खुद मुनाफा २७ प्रतिशतले बढाएको छ। बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद मुनाफा ८७ करोड ५१ लाख रुपैयाँ पुगेको जनाएको छ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको हो। ६ महिनाको खुद मुनाफामा पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) को हिस्सा ३५ करोड ९६ लाख रुपैयाँ छ। 

बैंकले पोहोरको कात्तिकदेखि पुसमा ३३ करोड ८५ लाख नाफा गरेको थियो भने पोहोरको साउनदेखि पुससम्म ६८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो। 

बैंकको खुद ब्याज आम्दानी पोहोर एक अर्ब ४३ करोड रुपैयाँ रहेकोमा यसपाली एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यद्यपी बैंकको नोक्शानी ब्यवस्थापन (प्रोभिजनिङ) को लागत भने बढेको छ। पोहोर ६ महिनामा यस्तो लागत ६ करोड ६० लाख थियो। यसपाली १९ करोड नाघेको छ। 

बैंकसँग सर्वसाधारणको निक्षेप एक खर्ब ४ अर्ब नाघेको छ। ऋण लगानी ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको आधार दर १०.३५ बाट घटेर ८.२५ प्रतिशतमा आएको छ। बैंकको स्प्रेड दर ४.५८ बाट ४.०८ प्रतिशतमा आएको छ।