३१ वर्षे सरकारी सेवाबाट रिटायर्ड भए चन्द्र घिमिरे, को छ उद्योग सचिवको दौडमा?

बिजमाण्डू
२०७७ माघ ७ गते १६:५२ | Jan 20, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योग सचिव चन्द्र घिमिरे ३१ वर्षे सरकारी सेवाबाट रिटायर्ड भएका छन् । यससँगै नयाँ उद्योग सचिवको चर्चा सुरु भएको छ।

सन् १९८९ मा सेवा सुरु गरेका घिमिरे अवकाश भएसँगै नयाँ उद्योग सचिवको खोजी सुरु भएको छ। उद्योग सचिव बन्नका लागि सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस पेश गर्नु पर्नेछ।

उद्योग सचिवका लागि यमकुमारी खतिवडाले दाबेदारी प्रस्तुत गर्नेछिन् । यसअघि नै उद्योग सचिव बनिसकेकी खतिवडा हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सचिव छन्। 

यस्तै, सचिव बन्ने लाइनमा मधुकुमार मरासिनी देखिएका छन्। मरासिनी अहिले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक छन्।

केन्द्र सरकारको उद्योग सचिव पद विशेष आकर्षक सचिवको रुपमा लिने गरिन्छ।