एक्साइड ब्याट्रीले सुरु गर्‍यो पेपरलेस वारेन्टी, सिप्रदी एपमार्फत रजिस्टर गर्न मिल्ने

बिजमाण्डू
२०७७ माघ ७ गते १२:४० | Jan 20, 2021
एक्साइड ब्याट्रीले सुरु गर्‍यो पेपरलेस वारेन्टी, सिप्रदी एपमार्फत रजिस्टर गर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ।

पेपरलेस वारेन्टी मार्फत् एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि वारेन्टी कार्ड आवश्यक पर्दैन्। अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रजिस्टर गरेर वारेन्टीको दाबी गर्न गर्न सक्ने कम्पनीले जनाएको छ।

एक्साइड ब्याट्री नेपालका महाप्रवन्धक सुरेश कुमार तिवारीका अनुसार उपभोक्ताको सहजताका लागि पेपरलेस वारेन्टी सुरु गरिएको हो। ग्राहकले स्मार्ट फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको क्युआर कोड स्क्यान गरी रजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ।