मेगा बैंकले रोराङ गाउँपालिकाका साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजमाण्डू
२०७७ माघ ६ गते २०:३० | Jan 19, 2021
मेगा बैंकले रोराङ गाउँपालिकाका साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंकले साना उद्यम प्रवर्द्धन गर्न बेनिघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौतापछि रोराङ गाउँपालिका, धादिङका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

कार्यक्रममा बेनिघाट-रोराङ गाउँपालिकाका अध्यक्ष, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आआफ्नो पक्षबाट बेनिघाट रोराङ गाउँपालिकाका  उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाए। साना उद्यमीहरुलाई प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा सेवा दिने बैंकका विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी दिए।