सुजुकीको सेडान सिरिजमा डिजायरका नयाँ मोडल नेपाली बजारमा, थपिएर के के आयो नयाँ सुविधा ? 

बिजमाण्डू
२०७७ माघ ६ गते १४:३२ | Jan 19, 2021
सुजुकीको सेडान सिरिजमा डिजायरका नयाँ मोडल नेपाली बजारमा, थपिएर के के आयो नयाँ सुविधा ? 

Tata
GBIME
Nepal Life

काठमाडौं। सुजुकीको सेडान सिरिजमा  निकै चलेको मोडल डिजायरका नयाँ संस्करण नेपाली बजारमा आएको भएको छ। 

मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले डिजायरका नयाँ मोडल सार्वजनिकीकरणसँगै बुकिङ खुला गरेको हो।   

नयाँ डिजायर भीएक्स आइको मूल्य  ३४ लाख २९८ हजार र डीजायर जेडएक्सआइ ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ। २०२१ डिजायरमा नयाँ बम्पर र ग्रील डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर छ। 

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं। बेस्ट इन क्लास फीचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने।

प्रयोगकर्ताले नयाँ मोडल अझ मन पराउने उनले बताए। ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फीचर राखिएको छ,' उनले ‍भने। नयाँ डिजाइन अत्याधुनिक प्रविधियुक्त भएकाले नेपाली ग्राहक हरेक हिसाबले सन्तुष्ट हुने उनले दाबी गरे।

अत्याधुनिक शक्तिशाली इन्जिन
कम्पनीका अनुसार २०२१ डिजायरमा आइएसएस फङ्सनसहितको नेक्स्ट जेन-के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस इन्जिन छ। उच्च कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ। यसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ।

जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रतिलिटर रहेको छ। यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ। फ्रन्ट फेसियालाई परिष्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ। तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको  कम्पनीको दाबी छ।

प्रिमियम र स्टाइलिस इन्टेरियर
ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिइएको छ। नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ। 

१७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमले गज्जबको ड्राइभिङ एक्सपिरियन्स दिलाउने कम्पनीको दाबी छ। 

सुपेरियर सेफ्टी
नयाँ डिजायरमा स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको कम्पनीले जनाएको छ । एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फङ्सन छ। जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ। यसमा दुवै ब्रेक ठूलो आकारको छ, जसले गर्दा ब्रेक सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ।

साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।