घट्ने ब्रेक लाग्दै तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रूपैयाँको वृद्धि

बिजमाण्डू
२०७७ माघ ६ गते १२:११ | Jan 19, 2021
घट्ने ब्रेक लाग्दै तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रूपैयाँको वृद्धि

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई दिनयता घट्ने क्रममा देखिएको सुनको मूल्य मंगलबार ४ सय रूपैयाँले उक्लिएको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

साताको पहिलो दिनका तुलनामा २ सय रूपैयाँ घट्दै सोमबार कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ भएको थियो। ठूलो अंकको घटबढ नदेखिएकाले सुनको मूल्यमा आएको अस्थिरतालाई  सामान्य उतारचढाव मान्नुपर्ने व्यवसायीले बताएका छन्।   

मंगलबार चाँदीको मूल्यमा १५ रूपैयाँको बढोत्तरी भएको छ। चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा स्थिर थियो। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहान सुन प्रतिऔंस १८३९.८३ डलर र चाँदी २५.२४ डलरमा कारोबार भएको छ।