एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’, सेवा सुविधाको जानकारीदेखि गुनासोसम्म राख्न सकिने

बिजमाण्डू
२०७७ माघ ६ गते ११:१६ | Jan 19, 2021
एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’, सेवा सुविधाको जानकारीदेखि गुनासोसम्म राख्न सकिने


काठमाडौं। एनसेलले डिजिटल ट्रान्सर्फमेसन योजना अनुरूप आफ्ना ग्राहकहरुलाई च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यस योजनाबाट ग्राहकहरुले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्ने कम्पनीले जनाएको छ। 

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको जनाइएको छ। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ अगाडी बढ्न अभिप्रेरित गर्ने बताइएको छ।

यो सेवा एनसेलले आफ्नो आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध गराएको छ। जसअन्तर्गत एनसेलका ग्राहकहरुले च्याटबोट मार्फत् सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्ने छन्। 

च्याटबोट सेवा ‘माया’ माघ ४ गतेदेखि एनसेलका सबै आधिकारिक सामाजिक सञ्जाल तथा ह्याण्डलहरुमा उपलब्ध भइसकेको छ। यस प्लेटफर्ममार्फत् ग्राहकहरुले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन सक्ने एनसेलले जनाएको छ। नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

आफ्नो नयाँ अभियान फास्ट फरवार्ड लाइफ अन्तर्गत एनसेलले आगामी दिनमा ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै थप नयाँ तथा नवीन सेवाहरु ल्याउने जनाएको छ।