सिटी एक्सप्रेसलाई गाभेर इन्भेष्टमेन्ट बैंकले माघ ११ बाट एकीकृत कारोबार गर्ने, के आयो सिनर्जी?

बिजमाण्डू
२०७७ माघ ५ गते ०९:१३ | Jan 18, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर माघ ११ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो।

सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभ्ने छ। 

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। 

यसमा प्रवर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। प्राप्तिपछि नाम नेपाल इन्भेष्टमेन्ट बैंक नै हुने छ।