एनसेलले ल्यायो उद्योग र कर्पोरेट हाउस लक्षित योजना,  १ सय ४९ रुपैयाँदेखिका प्लान, यस्तो छ सुविधा

बिजमाण्डू
२०७७ माघ ४ गते २१:१० | Jan 17, 2021
एनसेलले ल्यायो उद्योग र कर्पोरेट हाउस लक्षित योजना,  १ सय ४९ रुपैयाँदेखिका प्लान, यस्तो छ सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल आजियाटाले  उद्योग, कर्पोरेट हाउस र कार्यालयलाई आवश्यकता अनुसार सबै सेवा दिन ‘बिजप्लस प्लान’ संचालनमा ल्याएको छ।

यो योजना साना तथा मझौला व्यवसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार साना तथा मझौंला उद्योग र सरकारी कार्यालयले ३० दिनका लागि कर वाहेक १ सय ४९ रुपैयाँ तिरेर बिज प्लान लिन सक्नेछन् भने ठूला उद्योग तथा कर्पोरेट कार्यालयले २ सय ९९ सय रुपैयाँ तिरेर प्लान लिन सक्नेछन्।

योजना अनुसार ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, परिवार तथा साथीभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउने कम्पनीले जनाएको छ। यो योजनामा सहभागी भएकाले डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर ग्रुपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायतका सेवा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साना र मझौंला उद्योगीले ३० दिनको १ सय ४९ रुपैयाँ वा १ सय ९९  रुपैयाँ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।  कर्पोरेट ग्राहकले २ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ सम्मका ६ वटा प्लान सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। सरकारी कार्यालयका ग्राहकले १ सय ४९ देखि  ४ सय ९९ रुपैयाँ सम्मका ४ वटा प्लानहरु मध्ये आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।