टाटाका गाडी बिक्रेता सिप्रदीले विदेशबाट फर्किएकालाई ल्यायो नयाँ अभियान, ७५% सम्म फाइनान्स

बिजमाण्डू
२०७७ माघ ४ गते १६:१५ | Jan 17, 2021
टाटाका गाडी बिक्रेता सिप्रदीले विदेशबाट फर्किएकालाई ल्यायो नयाँ अभियान, ७५% सम्म फाइनान्स

Tata
GBIME
Nepal Life

काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न कारणवश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी 'टाटा मोटर्स स्वावलम्बी अभियान' सार्वजनिक गरेको छ। 

सिप्रदी नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक कम्पनी हो।

यस अभियानअन्तर्गत टाटाका कमर्सियल गाडीहरुको खरिदमा बिना धितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सकिने छ। साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। 

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्‍याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यसअन्तर्गत कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको जनाएको छ। 

अभियानमा सहभागी हुन चाहनेले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्ने छन्। घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिस कल दिएर थप जानकारी हासिल गर्न सक्ने कम्पनीले जनाएको छ।