कोकाकोलाले सुरु गर्यो ‘कोक र खाना’ अभियान, ‘कोकसँग खाना खाँदा साधारण खाना पनि स्वादिष्ट बन्छ’

बिजमाण्डू
२०७७ माघ ४ गते १६:३४ | Jan 17, 2021
कोकाकोलाले सुरु गर्यो ‘कोक र खाना’ अभियान, ‘कोकसँग खाना खाँदा साधारण खाना पनि स्वादिष्ट बन्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। मिठो खाना र कोकको माध्यमबाट मानिसहरूलाई एकसाथ ल्याउने उद्देश्यले बोटलर्स नेपालले 'कोक र खाना' अभियान सुरु गरेको छ। कोभिड–१९ ले मानव जीवनमा ल्याएको परिवर्तन र यसले मानिसहरुलाई पुरानै संसार पत्ता लगाउने अवसर प्रदान गरेको भन्दै कोकले अभियान सञ्चालन गरेको जनाएको छ। 

साथी एवम् परिवारसँग खानाखाने जस्तो साधारण क्रियाकलापले नयाँ महत्व पाएको भन्दै यही अन्तरदृष्टिलाई 'कोक र खान' अभियानमा रुपान्तरण गरेको कम्पनीले जनाएको छ।

कोकले 'खाना जे होला स्वाद बढाउन कोकाकोला' भन्ने नारा सहित कोकसँग खाना खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देश दिन खोजेको कम्पनीको भनाइ छ। 

'यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो। यसले कोकको खानासँगको सम्बन्धलाई प्रकास पार्छ। हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैका लागि उपयुक्त छ, कोकाकोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, 'कोक र खाना एक उत्कृष्ट जोडी हो। हामी हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं।'

कोक र खाना यसअघि कोक र मःमः अभियानको विस्तारित रुप भएको कम्पनीले जनाएको छ। 

'कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएका छन्। हामीले कोकाकोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तम साझेदारका रूपमा स्थापित गरेका छौं। यो अभियानलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं,' बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने।