गुगलले व्यक्तिगत कर्जा दिने एप्सहरू आफ्नो प्लेस्टोरबाट हटाउँदै, आखिर के भयो त्यस्तो?

बिजमाण्डू
२०७७ माघ ३ गते १०:४० | Jan 16, 2021
गुगलले व्यक्तिगत कर्जा दिने एप्सहरू आफ्नो प्लेस्टोरबाट हटाउँदै, आखिर के भयो त्यस्तो?

Tata
GBIME
Nepal Life

गुगलले हालै आफ्नो प्लेस्टोरबाट त्यस्ता ३० एप्सलाई हटाइदिएको छ। यो कदम गुगलले हठात उठाएको भने होइन।

स्मार्टफोन प्रयोगकर्ताले जे खोज्यो, त्यस्तै एप्स थुप्रैमध्ये सजिलोसँग कर्जा पाउने बाटो खोजिरहेकाहरूलाई सघाउने एप्लिकेसन पनि धेरै छन्।
एप लञ्च गरेर कर्जा सुविधा दिने भन्दै मानिसहरूलाई फसाएको, लुटेको घटना बाहिरिन थालेपछि गुगलले यो कदम उठाएको हो।

इन्स्टेन्ट लोन एपहरूमार्फत कारोबारमा हात हालेकाहरूलाई कम्पनीले फसाएको र प्रताडित भएकाहरूले आत्महत्यासम्मको कदम उठाएका घटना बाहिरिएपछि गुगलले कडाइ गरेको हो। यस्ता एप भारतमा धैरै चलनमा छन्, जसले खाँचो परेकालाई सजिलै कर्जा दिलाउने नारा दिएका छन्।

व्यक्तिगत कर्जा दिने एपहरूका कारण आएको समस्याबारे प्रयोगकर्ता र सरकारी एजेन्सीहरूले चिन्ता प्रकट गर्दै आएका छन्। 
सर्च इन्जिन गुगलले यसको समीक्षा गरिएको जनाएको छ। प्रमाणसहित प्राप्त हुने गुनासो समीक्षा गर्दै त्यस्ता एप्स हटाउँदै लैजाने गुगलले जनाएको छ।

'जुन एपहरूले प्रयोगकर्ताका सुरक्षा नीति उल्लंघन गरिरहेका थिए, तिनलाई तत्कालका लागि प्लेस्टोरबाट हटाइएको छ,' गुगलले भनेको छ। टाइम्स अफ इन्डियाको एक रिपोर्टका अनुसार फिनटेक एक्सपर्ट श्रीकान्त एलले यस्तो जानकारी दिएका हुन्। तर गुगलले फाइनान्सिल लोन दिने कति वटा एप्स हटाइएको हो भन्ने संख्या भने प्रस्ट पारिसकेको छैन। बितेका १० दिनमा गुगलले ११८ वटा एप्सलाई आफ्नो प्लेस्टोरबाट हटाएको छ। 

गुगलका एप डेभलपर्सले भनेका छन् 'हामीलाई जानकारी आउनु पर्छ की कुन एप्सले कसरी स्थानीय कानुन, नियम उल्लंघन गरेका छन्। हामी तिनलाई प्लेस्टोरमा राख्दैनौं।'