काठमाडौं। अमलेखगंज-मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर हजारौं लिटर डिजल चोरी भएको तथ्य सार्वजनिक भएको छ।
पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको हो। पाइपलाइनबाटै तेल चोरी भइरहेको घटना बाहिरिएपछि भारतीय आयल कर्पोरेसन (आइओसी) नै अचम्मित भएको छ। घटना बारे आइओसीका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन्।
घटना बारे भारतीय पक्षले नेपाल आयल निगमलाई बिहीबार नै जानकारी गराएको थियो। भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय छ। नेपालमा भने कानुनको अभावमा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ।
पाइपलाइनबाटै तेल चोरी भएको देखेपछि आइओसीका अधिकारीहरु जिल्ल परेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ।
बिहारमा पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी भएको यो पहिलो घटना हो। आइओसीका अधिकारीहरुले स्थानीय प्रशासनलाई घटना बारे जानकारी दिइसकेका छन्। तेल चोरी सम्बन्धी घटना बारे स्थानीय प्रहरी चौकीमा उजुरी समेत दर्ता भएको छ। मेन पाइपलाइनबाट तेल चोरी भएपछि भारत सरकारको करोडौं रुपैयाँ नोक्सान भएको बताइएको छ।
डिजल खेतमा बगेपछि खुल्यो रहस्य
पेट्रोलियम पाइपलाइनबाट चोरीको घटना तब बाहिरियो, जब खेतमा डिजल बग्न थाल्यो। पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तेल लिक भइरहेको जानकारी आइओसीका अधिकारीहरुलाई गराएका थिए।
जब यसबारे आइओसीका अधिकारीहरुले अनुसन्धान गरे तब मात्रै मुख्य पाइपलाइनबाटै तेल चोरी भइरहेको तथ्य बाहिरियो। सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ। जमिनको सतहभन्दा चार मिटर तल पेट्रोलियम पाइपलाइन बिछ्याइएको छ।
चोरी गर्न जोडिएको पाइप पनि भूमिगत बनाइएको छ। जसका कारण तेल चोरी भइरहेको बारे पत्तो पाउन मुस्किल पर्ने बताइएको छ। मुख्य पाइपलाइनमा चोरहरुले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै बन्दोबस्तसहित लकिङ सुविधा जडान गरिएको छ।
भारतको पटना-मोतिहारी हुँदै नेपालको अमलेखगंजको पेट्रोलियम पाइपलाइन भारतसँगै नेपाल सरकारको महत्वाकांक्षी परियोजना हो। निर्माणको समयमा यस परियोजनाको अनुगमन र निरीक्षण भारतको प्रधानमन्त्री कार्यालयबाट सोझै हुने गरेको थियो। यो परियोजना दक्षिण एसियाको पहिलो क्रस बोर्डर पाइपलाइन हो। यस पाइपलाइनको शिलान्यास सन् २०१८ अप्रिल १० मा मोतिहारीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
सन् २०१९ सेप्टेम्बर १० मा रिमोट थिचेर काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए।
Mohan Thapa[ 2021-01-16 03:51:10 ]
Yesta lai janma kaid halnu parxa
Shibaram Kc[ 2021-01-16 04:47:56 ]
अब हाम्राे नेपाल तिर पनि सुरक्षास्थिती अलिक मजवुत बनाउन पर्छ,उताकाे चाेर्ने तरिका यता नेपालमा प्रयाेग नहाेला भन्न सकिन्न,सवै राम्रा नराम्रा कुराहरु उतै बाट यता पस्ने हाे....
Prem Ñegi[ 2021-01-16 01:54:08 ]
Thuka Sala Patrakar ghatana India kohalxas ani photo Nepal ko.....yo kin tarika hok
Kiran Ranabhat[ 2021-01-16 01:40:01 ]
Sayed larmachary Ko melemato hola ni.
टोपेन्द्र सुनुवार[ 2021-01-17 11:20:37 ]
चोरी गर्ने त भारतिय नै हुन नि
Khagendra Khadka[ 2021-01-18 02:02:15 ]
India bhaneko kirna ho .oil chori sadhai hunchha tyankarma ta chorchha kun Nepali ko buddi paipa lain ko.Nachhore Indian nai hoina.
Prasad Sampang Rai[ 2021-01-17 08:57:51 ]
Kun chorko kam thiena ho????
Salikram Sharma[ 2021-01-16 03:38:32 ]
यो भारतमा भएको घटना हो ।
Bhuwan Dangol[ 2021-01-16 12:43:19 ]
la chari kanuna
Naresh Subba Malla[ 2021-01-16 12:10:30 ]
त्येसैले यो बिहारीहरू भारतभरी चोर भनेर बदनाम छ....
Prajeen Neupane[ 2021-01-16 04:56:53 ]
India le nepal lai saab band gardeko ramro nepali mug haru lai jati garda ni hunna
Sailesh Gorkhali[ 2021-01-15 02:26:32 ]
को भन्दा को कम.........