जगदम्बा मोटर्सले औपचारिक रुपमा भित्र्यायो प्रोटोन सागा, मूल्य साढे ३५ लाखबाट सुरु

बिजमाण्डू
२०७७ माघ १ गते १३:५७ | Jan 14, 2021
जगदम्बा मोटर्सले औपचारिक रुपमा भित्र्यायो प्रोटोन सागा, मूल्य साढे ३५ लाखबाट सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन अटो ब्राण्ड प्रोटोनको 'सागा' गाडी औपचारिकरुपमा नेपाल भित्र्याएर बिक्री सुरु गरेको छ।

कम्पनीले बुधबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै प्रोटोन सागा गाडी लन्च गरेको हो। अटोमेटिक र म्यानुअल ट्रान्समिसन लगायत दुई प्रकारमा रहेका प्रोटोन सागा अन्य गाडीको तुलनामा बढी सुरक्षाको रहेको दाबी कम्पनीको छ।

क्र्यास टेस्ट रेटिङमा 'फोर स्टार' प्राप्त गरेको यो गाडीको न्यूनतम नेपाली बजार मूल्य  ३५ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

सागाको म्यानुअल ट्रान्समिसनयुक्त मोडेलको मूल्य साढे ३५ लाख र अटोमेटिक ट्रान्समिसन भएकाको ३९ लाख ५० हजार रूपैयाँ तोकिएको छ। नेपालीहरुलाई सवारी साधनमा थप गुणस्तरीय प्रडक्ट र सेवा दिँदै जाने जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले बताए। सोही क्रममा प्रोटोन ब्राण्डका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा भित्र्याएको भन्दै उनको जिकिर छ ।

आफ्टर सेल्स सर्भिसका लागि कम्पनीले कुपण्डोलमा सर्भिस सेन्टर तयार गरेको छ। कम्पनीले आगामी दिनमा देशभर आफ्नो आधिकारिक बिक्रेता, स्पेयरपार्ट्स र सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ। 

यस्ता छन् विशेषता
प्रोटोन सागाको एक्स्टेरियर इन्फाइनाइट विभ ग्रील डिजाइन रहेकाले आकर्षक देखिने कम्पनीले जनाएको छ। गाडीमा एलइडी डे टाइम रनिङ ल्याम्प रहेको छ। अटोमेटिक भेरियन्टको मोडलमा  १५ इन्च र म्यानुअल भेरियन्टमा १४ इन्चको एलोइ ह्वील रहेको छ। गाडीमा इलेक्ट्रिक डोर मिररसहितको एलइडी सिग्नल ल्याम्प रहेको छ। रिमोटले नै गाडीको डिक्की खोल्न मिल्ने सुविधा रहेको सागामा डिक्कीको क्षमता चार सय २० लिटर रहेको छ। 

सागाको इन्टेरियर व्यवहारिक र कम्फर्टलाई ध्यान दिएर डिजाइन गरिएको कम्पनीले जनाएको छ। गियर ट्रान्समिसन स्मुथ रहेकाले ड्राइभिङ निकै आरामदायी हुने बताइएको छ। अडियोलाई स्टेरिङमै स्वीच, ह्यान्ड फ्री टेलिफोनलगायतको सुविधा राखिएको छ। यस्तै, ब्लूतुथ कनेक्टिभिटीसहित गाडीमा सात इन्चको टच स्क्रिन मोनिटरमा ६० जीबी इन्टरनल स्टोरेजको सुविधा छ।

मोबाइल फोन राख्नका लागि डेडिकेटेड स्टोरेजको सुविधा दिइएको कम्पनीले जनाएको छ। गाडीमा मल्टि इन्फर्मेसन डिजिटल डिस्प्ले, पावर विन्डोज लक सुविधा रहेको छ। गाडीमा लेग र हेड स्पेस राम्रो रहेको दाबी कम्पनीको छ। गाडीले ५७ सय ५० आरपीएममा अधिकतम ६७ किलोवाट पावर र चार हजार आरपीएममा अधिकतम टर्क एक सय ७० न्यूटन मिटर्स रहने कम्पनीले जनाएको छ।