महिन्द्रा ट्रयाक्टर किन्ने तीन जनाले पाए पाँच केभीएको डिजल जेनेरेटर, को भए विजेता?

बिजमाण्डू
२०७७ माघ १ गते ०९:४९ | Jan 14, 2021
महिन्द्रा ट्रयाक्टर किन्ने तीन जनाले पाए पाँच केभीएको डिजल जेनेरेटर, को भए विजेता?

Tata
GBIME
Nepal Life

काठमाडौं। अग्नि इन्कर्पोरेटेडले महिन्द्रा ट्रयाक्टरको बजार प्रवर्द्धनका लागि दसैंतिहारमा ल्याएको योजनाका तीन वम्पर पुरस्कार विजेता घोषणा गरेको छ।  

नेपाली क्रिकेट टीमका पूर्व कप्तान एवं अग्नि इंकका ब्राण्ड एम्बासडर पारस खड्काले लक्की ड्रमार्फत विजेता घोषणा गरे। कम्पनीका अनुसार धनकुटाका योगराज राई, नेपालगंजका निरन्जना चौधरी र नेपालगंजकै रामबहादुर कामी विजेता बनेका छन्। उनीहरुले महिन्द्रा पावरोल पाँच केभीए डिजल जेनेरेटर पाएका छन्।

योजना अन्तर्गत पाँच लाखको दुर्घटना बीमा र एक लाख रुपैयाँको स्वास्थ्य बीमा कम्पनीले दिएको थियो। कम्पनीले रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निशुल्क सर्भिसिङ समेत थियो।