इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीले बुझे ३ करोड ६ लाख पारिश्रमिक, दुई सञ्चालक छानिँदै

बिजमाण्डू
२०७७ पुष २८ गते ११:२१ | Jan 12, 2021
इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीले बुझे ३ करोड ६ लाख पारिश्रमिक, दुई सञ्चालक छानिँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। 

बैंकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार, पाण्डेले तलब बापत एक करोड ६० लाख ७६ हजार, भत्ता एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेका छन्। यसको ३६ प्रतिशत पाण्डेले आय कर तिरेका छन्।

अघिल्लो बर्ष पाण्डेले कुल तीन करोड ६ लाख रुपैयाँ बुझेका थिए। बैंकले माघ ८ गते साधारणसभा डाकेको छ। स

भामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, बैंकका अन्य कार्यकारी पदाधिकारी/ब्यवस्थापकहरुले बर्ष दिनमा २१ करोड ७० लाख १३ हजार रुपैयाँ बुझेका छन्। बैंकमा यस्ता कर्मचारी ११४ जना छन्। उनीहरुको तलबमा मात्र ११ करोड २३ लाख रुपैयाँ गएको छ।

प्रमुख कार्यकारी अधिकृत र कार्यकारी कर्मचारीहरुले बुझेको तलबमा बार्षिक नाफाबाट वितरण गरिने बोनस जोडिएको छैन। 

बैंकको साधारणसभाले सर्वसाधारण सेयरधनीबाट दुई जना सञ्चालक चुन्ने छ। यसबाहेक साढे ५ प्रतिशत नगद लाभांस र १३ प्रतिशत बोनस सेयरको प्रस्ताव अनुमोदन गर्ने छ। बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।