सिमराबाट हुने माउन्टेन फ्लाइटले आन्तरिक चहलपहल बढ्दै, साढे ९ हजारमै हिमाल हेर्न सकिने

बिजमाण्डू
२०७७ पुष २७ गते १०:२७ | Jan 11, 2021

Tata
GBIME
Nepal Life

वीरगंज। यती एयरलाइन्सले  सिमराबाट माउन्टेन फ्लाइट सुरु गरेपछि स्थानीय उत्साहित भएका छन्।

३० सिटे जे ४१ ब्रिटिस जहाजबाट हालसम्म दुई वटा माउन्टेन फ्लाइट भइसकेको यती एयरलाइन्स सिमरा शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए। खराब मौसमको कारण दुई वटा बुकिङ रद्द पनि भएको उनले बताए।

आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरी सिमराबाट मान्टेन फलाइटको सुविधा शुरु गरिएको उनको भनाइ छ।

एक उडानमा २६ जनाको  भ्याटसहित कुल २ लाख ४० हजार शुल्क पर्ने कम्पनीले जनाएको छ।

यसअनुसार प्रति व्यक्ति ९ हजार ५ सयको हाराहारीमा पर्ने सापकोटाले बताए।

नेपाल–भारत सीमा खुलेपछि माउन्टेन फ्लाइटको लागि अझ  अनुकूल वातावरण बन्ने उनको भनाइ छ।

‘हामीले चाँडै नेपाली र भारतीय पर्यटकको  लागि शुल्क निर्धारण गरी अनलाइन बुकिङ प्रक्रियामा जाँदैछौं,' उनले भने,‘यसो गरियो भने स्वदेशी पर्यटकलाई झनै केही शुल्क सस्तो पर्छ।’

भारतीय पर्यटकहरु आउन थालेपछि ६ हजार भारुमै माउन्टेन फलाइटको मज्जा लिने सक्ने छन्। बिहान ९ बजेको उडानबाट माउन्टेन फ्लाइट जानेहरु सवा १० बजे नै सिमरा ओर्लिसक्छन्।

त्यसपछि सिमरा, पथलैया, अमलेखगञ्ज, जनकपुर  वा सौराहा गएर एक रात बिताउने सक्ने भएकाले आन्तरिक पर्यटन पनि सुदृढ हुँदै जाने सापकोटाको भनाइ छ।

यती एयरलाइन्सले गत डिसेम्बर १२ देखि सिमरादेखि माउन्टेन फ्लाइट सुरु गरेको हो।