वार्सटाईनर गल्फ प्रतियोगिताको उपाधि जीवन लिम्बुलाई, अरु को को भए विजेता?

बिजमाण्डू
२०७७ पुष २६ गते १३:५२ | Jan 10, 2021
वार्सटाईनर गल्फ प्रतियोगिताको उपाधि जीवन लिम्बुलाई, अरु को को भए विजेता?


Tata
GBIME
Nepal Life

काठमाडौँ । तेस्रो वार्सटाईनर गल्फ प्रतियोगिता- २०२१ को उपाधि जीवन लिम्बुले जितेका छन्। नेपाल रोयल गल्फ क्लबमा भएको वार्सटाईनर गल्फ प्रतियोगितामा लिम्बुले ४२ अंक हासिल गर्दै उपाधि जितेका हुन्।

प्रतियोगिता ३ र ४ स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा एसएसपी अशोक सिंहले पुरुषतर्फ ४० अंकसहित उपविजेता बनेका छन् ।
त्यस्तै हृदेशकुमार सिंह ३२ अंक हासिल गर्दै ग्रस विजेता बनेका छन् भने अर्शिया बानुले ३५ अंकसहित महिलातर्फको उपाधि जितेकी छन्। त्यस्तै महिलातर्फको उपविजेता कल्याणी मोक्तान बनेकी छन्।

त्यसैगरी ब्रिगेडियर जनरल दीलिपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल शम्शेर राणाले सिनियरतर्फको उपविजेता बनेका छन्। त्यस्तै सोनाम लामाले मोस्ट बर्डिज अवार्ड जिते भने मिथुन राईले लन्गेष्ट ड्राइभ अवार्ड जितेका छन्।
त्यसैगरी रोयल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले क्लोजेस्ट टु द पोइन्ट अवार्ड जितेका छन् भने बेस्ट स्पोर्ट्स म्यान्सिपको अवार्ड कृष्णचन्द्र कायस्थले जितेका छन्।

खेलका विजेताहरुलाई जावलाखेल ग्रुप अफ ईण्डष्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाह, कार्यकारी निर्देशक सचिन जोशी, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष श्रेष्ठले अवार्ड प्रदान गरेका थिए। विभिन्न क्याटोगरीका ११ विजेताहरुलाई वार्सटाईनर ट्रफी, आकर्षक टुर प्याकेज प्रदान गरिएको छ।