होटल अकामा र सिटिजन्स बैंकबीच सम्झौता, बैंकका कार्डबाहकलाई होटलले विशेष छुट दिने

बिजमाण्डू
२०७७ पुष २४ गते १४:०७ | Jan 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित होटल अकामामा विशेष छुट पाउने भएका छन्।

बैंक र होटलबीच होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले देशभरका एकसय ९ वटा शाखा, ९८ वटा एटीएम. र एक सय ६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट आधुनिक बैंकिङ सेवाहरु दिँदै आएको जनाएको छ।

बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड सेवा अन्य बिभिन्न सेवामार्फत डिजिटल बैंकिङलाई प्रवर्द्धन गरिरहेको पनि जारी विज्ञप्तिमा उल्लेख छ।