सेयर बजार सूचक र कारोबार रकमले रेकर्ड राखेपछि बोर्डको विज्ञप्ति, सुझबुझसहित लगानी गरौं

बिजमाण्डू
२०७७ मंसिर १५ गते १७:२५ | Nov 30, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजार निरन्तर बढ्न थालेपछि सुसुचित भएर लगानी गर्न आग्रह गरेको छ। 

बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलाग्न पनि भनेको छ। 

बोर्डले भनेको छ, विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न अनुरोध गर्दछ।

अहिले प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको छ।

नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोवार हुने गरेको छ। पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको उल्लेख गर्दै बोर्डले यो समग्र पूँजी बजारका लागि खुसीको कुरा भएको विज्ञप्तिमा जनाएको छ।

लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिन लगानीकर्ताको हितमा हुने वोर्डको विज्ञप्तिमा उल्लेख छ।