सेयर बजारमा २० मिनेटभित्रै ५० अंकसम्मको उतारचढाव, सूचक २०२८ सम्म उक्लेर पुनः झर्‍यो

बिजमाण्डू
२०७७ मंसिर १५ गते ११:२९ | Nov 30, 2020
सेयर बजारमा २० मिनेटभित्रै ५० अंकसम्मको उतारचढाव, सूचक २०२८ सम्म उक्लेर पुनः झर्‍यो

Tata
GBIME
Nepal Life

काठमाडौं। सोमबार नेप्से परिसूचकले पहिलोपटक २००० अंक पार गरेको छ। प्री-ओपन सेसन र नियमित कारोबार सेसनको पहिलो ५ मिनेटभित्रै बजार ५८ अंकको छलाङ मार्दै २०२८ अंकसम्म पुगेको हो । 

नियमित कारोबार सेसन सुरु भएसँगै बजारले निरन्तर ओरालो यात्रा पनि सुरु गरेको छ। सामान्य कारोबारको १५ मिनेटभित्र २०२८ अंकबाट समाचार तयार पार्दासम्म बजार १९९२ अंकमा झरिसकेको छ। यद्यपि, हिजोको विन्दुभन्दा तल नझरिसकेकाले आज पनि बजार उकालो लाग्ने देखिन्छ ।