औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड बैठक शुक्रबार बस्दै, क्रसर उद्योगलाई अनुमति दिने तयारी

बिजमाण्डू
२०७७ मंसिर ११ गते १६:४५ | Nov 26, 2020

काठमाडौं। औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको बैठक शुक्रबार बस्ने भएको छ। उद्योग मन्त्रालयअन्तर्गतको बोर्ड बैठकमा क्रसर उद्योग र अन्य नीतिगत विषयमा छलफल हुने बताइएको छ। 

Tata
GBIME
Nepal Life

कानुनअनुसार अनुमति लिनुपर्ने उद्योगहरुले बोर्डबाट अनुमति लिनुपर्नेछ। शुक्रबार हुने बोर्ड बैठकमा पाँच क्रसर उद्योग र केही नीतिगत कानुनी विषयमा छलफल हुने विभागका निर्देशक भक्तराज जोशीले बताए। उनका अनुसार यसअघिको बोर्ड बैठकले मदिरा उद्योगको क्षमता वृद्धि गरेपनि यो पटक भने मदिरा उद्योग एजेन्डामा समावेश छैन। 

विभागले मापदण्ड पुगेको क्रसर उद्योगलाई छनोट गरि बोर्डमा पठाएको छ। बोर्डले अनुमति लिनुपर्ने उद्योगहरुको पुँजी वृद्धि, क्षमता विस्तार लगायतको स्वीकृति दिने काम गर्दै आएको छ। विभागमा नयाँ मदिरा उद्योग तथा क्षमता वृद्धिका लागि निवेदन आएपनि सीमित संख्यामा मात्रै बोर्डले अनुमति दिँदै आएको छ।