एफएनसीसीआई अध्यक्ष भवानी राणाले भनिन्-‘पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्छ’

बिजमाण्डू
२०७७ मंसिर ११ गते १५:२५ | Nov 26, 2020
एफएनसीसीआई अध्यक्ष भवानी राणाले भनिन्-‘पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोभिडले सबै क्षेत्र प्रभावित भएको बताउँदै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएकी छिन्।

महासंघको ५४औं साधारणसभामा उनले पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्ने बताईन्। 'लकडाउनको समयमै चार प्रतिशत मात्रै उद्योग चलेका थिए। ३५ प्रतिशत आंशिक मात्रै चलेका थिए। बाँकी सबै बन्द थिए,' उनले भनिन्, ' कोभिडले १६ देखि २० लाखसम्म बेरोजगार हुनसक्ने अनुमान छ भने जीडीपीमा दुई खर्बको असर परेको छ।'

राणाले एमसीसी राष्ट्रिय सहमतिका आधारमा पास गर्नुपर्ने निजी क्षेत्रको धारणा रहेको बताउँदै विजुली र सडक पूर्वाधारसँग सम्वन्धित रहेका आयोजनाले रोजगारीको अवसर दिने बताईन्।

उनले कोरोनाको समयमा पनि सरकारसँग सहकार्य गरेर धमनीका  रुपमा काम  गरिरहेको बताउँदै कठिन अवस्थामा समेत अत्यावश्यक वस्तुहरुका उद्योग निरन्तर संचालनमा राखेर अभाव हुन नदिएको दाबी गरिन्।