खुकुरी रम पुन: अमेरिका निर्यात सुरु, स्वदेशी उत्पादन प्रयोगका लागि ‘गर्वका साथ नेपाली’ अभियान

बिजमाण्डू
२०७७ मंसिर ११ गते १३:३२ | Nov 26, 2020
खुकुरी रम पुन: अमेरिका निर्यात सुरु, स्वदेशी उत्पादन प्रयोगका लागि ‘गर्वका साथ नेपाली’ अभियान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको पहिलो डिस्टिलरी 'द नेपाल डिस्टिलरिज प्रालि' ले 'गर्वका साथ नेपाली' अभियान घोषणा गरेको छ। स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनको आह्वानस्वरूप कम्पनीले यो अभियान घोषणा गरेको जनाएको छ।

कोभिड-१९ को जटिल समयमा पनि खुकुरी रमले अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको थियो। गत जुलाईमा खुकुरी रमले 'लण्डन स्पिरिट प्रतियोगिता २०२०' मा  स्वर्ण पदक जितेको हो। 

प्रतियोगिता अन्तर्गतका गुणस्तर, गुणवत्ता र प्याकेजिङ गरी तीन विधामा तुलनात्मक रूपमा खुकुरी रकम अन्य विभिन्न मुलुकका उच्चकोटीका रमहरुको दाँजोमा उत्कृष्ट विभूषित भएको थियो । जसमा यस स्वदेशी मदिरालाई निर्णायकहरुले १०० मा ९४ अंक दिएका थिए। 

यो स्वर्णपदकसँगै खुकुरी रमले विश्वव्यापीरूपमै मान्यता प्राप्त गर्न सफल भएको कम्पनीको भनाइ छ। यससँगै असामान्य परिस्थितिमा समेत नेपालसँगै अन्य मुलुकहरुमा पनि आफ्ना उत्पादनहरु रुचाइएकोमा नेपाल डिस्टिलरीले उपभोक्ताहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ। 

अहिलेको जटिल समयमा पनि स्वदेशी मदिरा उद्योगले अन्तर्राष्ट्रियस्तरमा पुरस्कारहरु जित्दै नेपाली ब्राण्ड विश्वमाझ लोकप्रिय बन्दै गएकाले यसले गौरवान्वित बनाएको नेपाल डिष्टिलरीजका कार्यकारी निर्देशक श्री केके चुरिवालाले बताए । 

नेपाल डिस्टिलरिजले खुकुरी रम विभिन्न तीन भेरियन्टमा उत्पादन गर्दै आएको छ। यसमा खुकुरी थ्री एक्स, खुकुरी कोरोनेसन र स्पाइस रम छन्। 

यस कम्पनीले स्वदेशी बजारमा मात्रै नभएर विश्वका हाल विश्वका १३ देशमा खुकुरी रमको बजार बनाएको छ । यसलाई निकट भविष्यमा अझ नयाँ अन्तर्राष्ट्रिय बजारमा पनि पुर्‍याउँदै लैजाने कम्पनीले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारहरुमध्ये खुकुरी रकमको अमेरिकामा मात्र वार्षिक माग १० हजार केसभन्दा बढी रहेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए। यद्यपि, कोभिड-१९ का दौरान यसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा खुकुरी रमको निर्यात रोकिएको थियो। अहिले पुनः अमेरिकी बजारमा खुकुरी रकम प्रवेश गराउन लागेको पनि कम्पनीले जानकारी दिएको छ ।

'हामी पुनः नेपाली ब्राण्ड खुकुरी रम लिएर अमेरिका प्रवेश गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ। खुकुरी रम बोकेको जहाज केही दिनअघि मात्रै त्यसतर्फ बढिसकेको छ,' लामिछानेले भने, 'यो कोसेढुंगाले विद्यमान विश्वव्यापी महामारीबीचमा पनि कम्पनीलाई फड्को मार्न सहज हुनेछ।'

यिनै उपलब्धिहरुका साथ ‘गर्वका साथ नेपाली' अभियान घोषणा गरेको उनले बताए ।