चन्द्रागिरि हिल्सको सेयर १७ गतेबाट, पहिलो चरणमा तीन नगरपालिकाका बासिन्दालाई, त्यसपछि सबैलाई

बिजमाण्डू
२०७७ मंसिर १० गते ०८:५९ | Nov 25, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडले मंसिर १७ गतेबाट आयोजना प्रभावित सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले दुई वर्षअघिबाटै सेयर जारी गर्ने योजना बनाए पनि सफल हुन सकेको थिएन।

कम्पनीको सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ। कम्तिमा १० कित्ता र अधिकतम ३ हजार ६० कित्ताका लागि आवेदन दिनु पर्नेछ। प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुप अफ कम्पनिजका अध्यक्ष रहेका चन्द्र ढकालको नेतृत्वमा यो कम्पनी छ। यसमा हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, कल्याङ गुरुङ, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, कुमारकेशर विष्ट, डोलराज शर्मा, हाथवे इन्भेष्टमेन्ट नेपाल, सन्ध्या गुरुङ, उमा बिष्ट जिसी संस्थापक छन्।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको छ। उनीहरुका लागि कुल ३ लाख ६ हजार ८ सय १९ कित्ता सेयर छुट्याइएको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ का साथै मकवानपुरको थाहा नगरपालिका ९ र १० वडा र इन्द्रसरोवर नगरपालिका वडा नम्बर ५ का बासिन्दाले यो सेयर भर्न पाउँछन्।  

चन्द्रागिरि हिल्सले स्थानीय र सर्वसाधारणलाई गरी कुल १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये पहिलो चरणमा ३ लाख ६० हजार कित्ता जारी गर्न लागिएको हो। हिल्ससँग केवलकार र पाँच तारे होटल छ।