चाडबाड सकिएपछि साल्ट ट्रेडिङले बढायो चिनीको मूल्य, अब किलोको ७७ रुपैयाँ ५० पैसा

बिजमाण्डू
२०७७ मंसिर ८ गते १२:३२ | Nov 23, 2020
चाडबाड सकिएपछि साल्ट ट्रेडिङले बढायो चिनीको मूल्य, अब किलोको  ७७ रुपैयाँ ५० पैसा

Tata
GBIME
Nepal Life

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले चाडबाड सकिएपछि चिनीको मूल्य बढाएको छ।

सहुलियत पसल सकिएपछि कर्पोरेसनले किलोमा साढे चार रुपैयाँ बढाएर ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ। कर्पोरेसनका बजार प्रबन्धक प्रज्जवल प्रधानले चाडबाड सकिएपछि चिनीको मूल्य बढाइएको बताए।

‘मंसिर ६ गतेसम्म सहुलियत पसलमा ७० रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको थियो। बाहिरभन्दा किलोमै २० रुपैयाँ सस्तो भएकाले उपभोक्ताको भीड थियो,’ उनले भने, ‘त्यो बेलामा दैनिक ११ सय किलो चिनी बिक्री भएको थियो।’

सहुलियत पसलमा एक जनाले ४ किलो मात्रै किन्न पाउने व्यवस्था थियो। तर अब कर्पोरेसनको आउटलेटबाट प्रति किलो १० देखि १५ किलोसम्म खरिद गर्न सक्ने उनले बताए। भन्सार सहुलियतको चिनी साल्ट ट्रेडिङले दसैंलगतै २० हजार टन ल्याएको छ।