होटल संघका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन




काठमाडौं। होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन भएको छ।

उनको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कोरोना संक्रमणसँगै निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। ७२ वर्षीय शाक्य अमर होटलका संचालक हुन्। उनका दुई छोरा छन्। जेठो छोरा चिकित्सक छन् भने कान्छाले होटल हेर्दै आएका छन्।

TaTa
Kumari Bank
TVS

‘उहाँ सेल्फमेड म्यान हुनुहुन्थ्यो। होटल उद्योगमा उहाँको ठूलो योगदान छ,’ संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बिजमाण्डूसँग भने, ‘संघमा उहाँले २२ वर्षदेखि अविछिन्न सेवा गर्नुभएको छ।’ शाक्य अध्यक्ष हुँदा होटल क्षेत्रमा देखिएको सेवा शुल्क विवाद समाधान भएको थियो। ‘उहाँ शालीन र भद्र भएकाले मजदुरसँगको सेवा शुल्क विवाद पनि सहज रूपमा समाधान भएको थियो,’ उनले भने।


Share this Story

   

Min Karki[ 2020-11-20 07:00:28 ]
RIP


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell