सात महिनापछि सवारी चालक अनुमति पत्रको ट्रायल हुँदै, धनगढी कार्यालयले निकाल्यो सूचना

बिजमाण्डू
२०७७ कात्तिक १३ गते १६:३० | Oct 29, 2020
सात महिनापछि सवारी चालक अनुमति पत्रको ट्रायल हुँदै, धनगढी कार्यालयले निकाल्यो सूचना


काठमाडौं।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक (ट्रायल) परीक्षा सुरु हुने भएको छ।

Tata
GBIME
Nepal Life

सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय धनगढीले बिहीबार सूचना निकालेर २० देखि २५ गतेसम्मको ट्रायल परीक्षाको तालिका सार्वजनिक गरेको छ। 

कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ गते लकडाउन जारी गरेपछि देशैभर लाइसेन्सका ट्रायल पूर्ण रूपमा रोकिएको थियो। कात्तिक १२ गतेसम्म वर्ग 'एफ,' 'जी' (मिनिबस, मिनिट्रक, बस र लहरी ) थपको लागि अनलाइन फाराम भरेर वायोमेट्रिक गरि परीक्षा दस्तुर बुझाएका परीक्षार्थीहरुको प्रयोगात्मक ट्रायल परीक्षा संचालन गर्न लागिएको सूचनामा उल्लेख छ।

परीक्षा यातायात कार्यालयको ट्रायल सेन्टरमा हुनेछ। ट्रायल परीक्षामा समावेश हुँदा सक्कल प्रवेश पत्र, सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र सक्कल राजस्व तिरेको रसिदका साथै थपको हकमा सक्कल सवारी चालक अनुमतिपत्र सहित उपस्थित हुन आग्रह गरिएको छ। तोकिएको मिति र समयबाहेक अन्य समयमा प्रयोगात्मक परीक्षामा समावेश नगराइने उल्लेख छ।