एनसीएचएलको ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’, एक जनालाई ४३ इन्चको टीभी उपहार

बिजमाण्डू
२०७७ कात्तिक १२ गते १५:२४ | Oct 28, 2020
एनसीएचएलको ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’, एक जनालाई ४३ इन्चको टीभी उपहार

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले 'कनेक्ट आइपीएस टिकटक च्यालेन्ज' सुरु गरेको छ। कात्तिक १ गतेबाट सुरु योजना मंसिर ६ गतेसम्म जारी रहने छ।

टिकटकमा रहेको एनसीएचएलको 'ओरिजिनल साउन्ट ट्रयाक' मा सहभागीले भिडियो बनाउनु पर्ने छ।  यसरी बनाइएको भिडियो ह्यासट्याग  #connectIPSsangaiDigitalFestival भनेर रिलिज गर्नु पर्ने हुन्छ।

सहभागीमध्ये एक जनालाई एलजीको ४३ इन्टको टीभी उपहारमा दिइने छ। अन्य १० जना सहभागीलाई एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराइने एनसीएचएलले जनाएको छ।

पुरस्कार एनसीएचएलको आधिकारिक पेजहरुबाट घोषणा गरिने छ। पुरस्कार बिजेताहरुले मंसिर ३० गतेभित्र पुरस्कार बुझिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ।