मारुती सुजुकीलाई ह्याचब्याक कार उत्पादनमा ‘बलेनो’ को बल, ५९ महिनामा बिक्यो ८ लाख युनिट

बिजमाण्डू
२०७७ कात्तिक १० गते १८:३३ | Oct 26, 2020
मारुती सुजुकीलाई ह्याचब्याक कार उत्पादनमा ‘बलेनो’ को बल, ५९ महिनामा बिक्यो ८ लाख युनिट


नयाँ दिल्ली। मारुती सुजुकी इन्डियाको प्रिमियम ह्याचबयाक कार बलेनो आठ लाख वटा बेचेको छ। कम्पनीले सोमबार यस्तो जनाएको हो। भारतका मोटर कम्पनीहरूमध्ये मारुती सुजुकी कार निर्माता सबैभन्दा ठूलो कम्पनी हो।

Tata
GBIME
Nepal Life

बलेनोलाई मारुतीले सन् २०१५ मा बजारमा ल्याएको हो। '५९ महिनामा बिक्रीमा आठ लाख वटाको इकाइ पार गर्नु अभूतपूर्व हो,' कम्पनीले भनेको छ। मारुतीका सेल्सतर्फका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भने 'पाँच वर्षको छोटो अवधिमा आठ लाख ग्राहकको आँकडा पार गर्नु महत्वपूर्ण उपलब्धी हो। बलेनो हामीले ग्राहककै लागि ल्याएका हौं।'

मारूतीले प्रिमियम ह्याचब्याक पनि उत्पादन गर्छ र यी उत्पादन उत्कृष्ट छन् भन्ने श्रेणीमा कम्पनीलाई स्थापित गराउने काम बलेनोले गरेको उनले बताएका छन्। कम्पनीले बलेनो सिरिजलाई 'नेक्सा' श्रृंखलाका रूपमा बजारमा उतारेको छ। बलेनोको उत्पादन भारतमा मात्रै हुने गरेको छ। मारुतीले २०० वटा शहरमा ३७७ नेक्सा आउटलेट छन्, जसबाट बलेनो बिक्री भइरहेका छन्। 

बलेनो भारत बाहिर पनि बिक्री हुन्छ। मारूतीले अष्ट्रेलिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्व र दक्षिणपूर्वी एशियामा बलेनो निर्यात गरिरहेको छ। बलेनोको अहिले बजारमा ल्याइएको भर्सन स्मार्ट हाइब्रिड टेक्नोलोजीयुक्त रहेको कम्पनीले जनाएको छ।