सिटिजन्स बैंकले ल्यायो ‘डिजिटल दक्षिणा दिउँ, क्यास ब्याक लिउँ’ योजना, दसैंको दक्षिणा मोबाइलबाट

बिजमाण्डू
२०७७ कात्तिक ७ गते ११:३३ | Oct 23, 2020
सिटिजन्स बैंकले ल्यायो ‘डिजिटल दक्षिणा दिउँ, क्यास ब्याक लिउँ’ योजना, दसैंको दक्षिणा मोबाइलबाट

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स् बैंक इन्टरनेशनलले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासब्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ। यस योजनाअनुसार बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत् दशैंको दक्षिणा पठाउँदा दुई सय ५५ रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका मोबाइल बैकिंङ प्रयोगकर्ताहरुले दशमीदेखि द्वादशीसम्म तीनपटक गरी पाँच सय रुपैयाँभन्दा बढी दक्षिणा पठाएमा उक्त क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

दक्षिणा पठाउँदा ग्राहकले विवरणमा ‘दक्षिणा’ लेख्नु पर्नेछ। दशैंलाई लक्षित गर्दै सिटिजन्स बैंकले ल्याएको यस योजनाबाट डिजिटल बैंकिङ प्रयोगको विकास हुनुका साथै कोभिड-१९ नियन्त्रणविरुद्धको अभियानमा सहयोग पुग्ने विश्वास बैंकको छ।

सिटिजन्स् बैंकले देशैभर रहेका आफ्ना १११ वटा शाखा, ९९ वटा एटीएम. र १०४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब साढे छ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ। कोरोना भाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट गरिरहेको जनाएको छ। 

साथै बैंकले कोभिड-१९ को त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंक नआई बैंकिङ सुबिधा प्राप्त गर्ने बताएको छ।

बैंकले चेक प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिनुनपर्ने गरी घरबाटै पिन रिसेट गर्न सकिने जनाएको छ। बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको जनाएको छ।