सिप्रदी ट्रेडिङले एक्साइड ब्याट्रीका च्यानल पार्टनरलाई नगद र उपहार दियो

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १८:२८ | Oct 22, 2020
सिप्रदी ट्रेडिङले एक्साइड ब्याट्रीका च्यानल पार्टनरलाई नगद र उपहार दियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सिप्रदी ट्रेडिङले एक्साइडका च्यानल पार्टनरलाई सिक्का एपमार्फत जम्मा भएको प्वाइन्ट बराबरको विभिन्न उपहार दिएको छ।

कम्पनीका अनुसार च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगायतका सामान दिएको हो। एक्साइड ब्याट्रिजका नेपालका महाप्रबन्धक सुरेशकुमार तिवारीले एक्साइड नेपालमा एक नम्बर ब्याट्री रहेको बताउँदै कम्पनीले सिक्का एप लन्च गरेर च्यानल पार्टनरलाई उपहार प्रदान गरेको बताए।

एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यवसायिक प्रयोजनका उपयोग हुन्छ।