ग्लोबल ब्राण्डमा हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्यो, अनलाइन बिक्री पनि सबल

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १८:०८ | Oct 22, 2020
ग्लोबल ब्राण्डमा हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्यो, अनलाइन बिक्री पनि सबल


Tata
GBIME
Nepal Life

काठमाडौं। इन्टर ब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० अनुसार हुण्डाई मोटर कम्पनी ग्लोबल अटोमोटिभ ब्राण्डमा पाँचौ ब्राण्ड बनेको छ। यो कम्पनीको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि भइरहेको छ।

मूल्यका आधारमा हरेक वर्ष १४. ३ बिलियन अमेरिकी डलर वृद्धि हुँदै पाँचौ ब्राण्ड बनेको हो। समग्रमा हुण्डाई ३६औं ब्राण्ड बनेको छ। कम्पनी सन् २००५मा टप एक सय सूचीमा पर्दै आएको छ। इन्टर ब्राण्ड भ्लालुइसन ग्लोबल डिरेक्टर माइक रोचा हुण्डाईले इभि अन्तर्गत आइकोनिक लन्च गरेर अनलाइन बिक्री संजालमार्फत ब्राण्डको छिट्टै मार्केट रेस्पोन्सका कारण सफल भएको बताए।

उनले कम्पनीको बजार परिवर्तन प्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धिलाई सकारात्मक रुपमा लिएको बताए। ‘कम्पनीले सामाजिक संजालको बिक्री संजालको माध्यमबाट विद्युतीय ब्याट्री र फ्युल सेल विद्युतीय गाडीको बिक्री वृद्धि गरेको छ,’ रोचाले भने। कम्पनीले इन्नोभेट मोडलमा आइकोनिकको मातहतमा आउँदो चार वर्षमा तीन नयाँ मोडल लन्च गर्ने तयारीमा छ।
,
कम्पनीले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानीसँगै यातायात क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ। कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी(ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ।  कम्पनीले यो वर्ष थप ५० वटा ट्रक उपलब्ध गराउने योजना रहेको जनाएको छ। सन् २०२१ सम्ममा फ्युल(सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो गाडीको मुख्य बजार युरोप, अमेरिका र चीनमा हुनेछ। 

कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्न नयाँ मोबिलिटी परिवर्तन, “अर्बन एयर मोबिलिटी(यु ए एम) को तयारीमा रहेको जनाएको छ। रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिङ प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्धा कायम राख्न कम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ।

कम्पनीका ग्लोबल चिफ मार्केटिंग अफिसर वोहोङ चो फ्युचर मोबिलिटीमा नेतृत्व गर्ने योजना ल्याएको बताए। कम्पनीले कोभिडपछि अनलाइन संजाललाई तीब्र बनाएको छ। अमेरिका र भारतमा ‘क्लिक टु बाइ” सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । कम्पनीका अनुसार यसमा १५ लाख भर्चुअल भिजिटर्स, २० हजार सेल्स इन्क्वाइरिज र दुई हजार भन्दा धेरै बिक्री गरेको छ। अमेरिकामा ९५ प्रतिशत भन्दा धेरै ग्राहकले “क्लिक टु बाइ” सेवा प्रयोग गरेका छन् ।