त्रिभुवन विमानस्थलमा स्ट्यान्डर्ड चार्टर्डको एटीएम, पैसा झिक्ने ठाउँमै विनिमय दरबारे जानकारी

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १६:४७ | Oct 22, 2020


काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एटीएम मेसिन जडान गरेको छ। उक्त एटीएम मेसिनमा स्वदेशी तथा विदेशी कार्डहरु भिजा, मास्टर र चाइना युनियन पे इत्यादि प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

भिजा र मास्टर कार्ड प्रयोग गर्नेलाई डाइनामिक करेन्सी कन्भर्जन (डीसीसी) को सुविधा पनि रहेको बैंकले जनाएको छ। 
 
देशकै पहिलो डीसीसी सुविधासहितको एटीएमको प्रयोगले पैसा झिक्ने स्थानमै विनिमय दरबारे जानकारी पाउन सकिने बैंकले जनाएको छ।

नेपाल आउने हरेक यात्रुहरुले अन्तर्राष्ट्रियरूपमै सुरक्षित मानिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटीएम प्रयोग गरी सुरक्षित तरिकाले नेपाली रुपैयाँ झिक्न सक्ने सुविधा थपिएको बैंकले खुशी व्यक्त गरेको छ।