नेबिकोले १० नयाँ उत्पादन बजारमा पठायो,५० देखि ७५ रुपैयाँसम्म मूल्य, यस्ता छन् उत्पादन 

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १३:१६ | Oct 22, 2020
नेबिकोले १० नयाँ उत्पादन बजारमा पठायो,५० देखि ७५ रुपैयाँसम्म मूल्य, यस्ता छन् उत्पादन 


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा सन् १९६४ देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको नेबिकोले एकै साथ १० नयाँ प्रडक्ट बजारमा ल्याएको छ। नेबिकोले बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन र बिक्री गर्दै आएको छ।

नेबिकोले कात्तिक ४ गतेबाट ब्रेकफास्ट सिरियल्स पनि बिक्री गर्न सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार ब्रेकफास्ट सिरियल्समा कर्नफ्लेक्स्, ओट्स र चोकोज छन्।  

कम्पनीले दुई सय रुपैयाँमा ३०० ग्रामको नेबिको कर्नफ्लेक्स, तीन सय रुपैयाँमा ३५० ग्रामको नेबिको चोकोज बिक्री गर्ने जनाएको छ। दुई फरक वजनमा नेबिको ओट्स पनि ल्याएको छ। नेबिको ओट्स ५०० ग्रामको दुई सय रुपैयाँ र एक केजीको तीन सय ८० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।  

यस्तै, नेबिकोले प्लाटिनम सिरिजअन्तर्गत पाँच भेराइटीमा अन्तर्राष्ट्रिय स्तरको कुकिज बजारमा ल्याएको जनाएको छ। कुकिजको भेराइटी, वजन र मूल्य यस प्रकार छन् :

१.    बटर कुकिज – १५० ग्राम रु.५०
२.    जिरा कुकिज- १५० ग्राम रु.५०
३.    काजु कुकिज – १२० ग्राम रु.५०
४.    चकलेट कुकिज – १२० ग्राम रु.५०
५.    सुगर फ्री कुकिज – १५० ग्राम रु.७५

ग्राहकहरुको सल्लाह सुझाव अनुसार नै कन्फेक्नरी अन्तर्गत नेबिको पपस्टिक्स् – लिच्ची फ्लेवर ललिपप पनि बजारमा गइसकेको कम्पनीले जनाएको छ। यो प्रडक्टको मूल्य पाँच रुपैयाँ छ। कम्पनीले बजारमा ल्याएका नयाँ प्रडक्टहरु निकै स्वादिलो र स्वस्थकर रहने बताएको छ। कम्पनीले स्वदेशी उत्पादनलाई प्रयोग गरी आत्मनिर्भर बनाउन पनि अनुरोध गरेको छ।