मेगा बैंकले ल्यायो अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा, बैंक धाउनैपर्ने बाध्यता हट्ने अपेक्षा

बिजमाण्डू
२०७७ कात्तिक ६ गते १३:१४ | Oct 22, 2020
मेगा बैंकले ल्यायो अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा, बैंक धाउनैपर्ने बाध्यता हट्ने अपेक्षा


Tata
GBIME
Nepal Life

काठमाडौ। मेगा बैंकले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा सुरु गरेको छ। अत्याधुनिक प्रविधिहरुलाई आत्मसाथ गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको जनाएको छ। 

इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने बैंकले विश्वास व्यक्त गरेको छ। आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ बैंकको सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी आवश्यक समन्वय गर्ने जनाएको छ। 

सेवा लिनका लागि ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट (मेगा बैंक नेपाल डटकम) खोल्नु पर्नेछ। वेबसाइटको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याब आउँछ । यस ट्याबमा क्लिक गरेपछि लिन चाहेको सेवा छान्नुपर्ने बैंकले जनाएको छ। त्यसपछि मेगा बैंकको बचत, कर्जा, मुद्दती र डिजिटलसम्बन्धि विभिन्न सेवा/सुविधाहरु देखिने छन्। ग्राहकले त्यसमा टीक लगाएसँगै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्ने बैंकले जनाएको छ। आवश्यक सबै विवरण भरेपछि मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा सुरु गर्ने बैंकले जनाएको छ। 

इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा सुरु गरेको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्। ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ। ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ,' उनले भनिन्, 'यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं।’