पुरानै गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट आजबाट बजारमा

बिजमाण्डू
२०७७ कात्तिक ६ गते ०९:४२ | Oct 22, 2020
पुरानै गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएको २० रुपैयाँ दरका नयाँ नोट आजबाट बजारमा


काठमाडौं। नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट आजबाट बजारमा पठाएको छ। दसैंको बिदा हुनु एक दिनअघि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले ञ/४२०००००१ देखि ठ/१००९९९९९९ सम्म सिरियल नम्बर भएको नोट बजारमा पठाएको हो। राष्ट्र बैंकका अनुसार कुल,  ५ करोड ९० लाख थान नोट बजारमा पठाउने छ। यो भनेको एक अर्ब १८ करोड रुपैयाँ बराबर हो।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्रका साथै दायाँतर्फ लालीगुराँसको पानी छाप हुन्छ। नयाँ नोटमा तत्कालिन गभर्नर डा. चिरञ्जीवी  नेपालकै हस्ताक्षर हुने छ। पोहोर छापिएको भएकाले पुरानै गभर्नरको हस्ताक्षर हुने भएको हो। 

नोटको पछाडिको भागमा बाह्रसिङ्गेको तस्बिर हुनेछ भने अंग्रेजीमा नेपाल राष्ट्र बैंक र 'रुपिज ट्वेन्टी' भनेर लेखिएको हुने छ।