ग्लोबल आइएमई बैंकको शान्तिनगर र टोखामा नयाँ शाखा, भक्तपुर र चितवनमा एक्सटेन्सन काउन्टर

बिजमाण्डू
२०७७ कात्तिक ५ गते १७:४४ | Oct 21, 2020
ग्लोबल आइएमई बैंकको शान्तिनगर र टोखामा नयाँ शाखा, भक्तपुर र चितवनमा एक्सटेन्सन काउन्टर

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन्।

बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ। नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जालसहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलनका काउण्टर, २२९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ।