दुई महिनामा एक खर्ब ७८ अर्बको वस्तु आयात, चामल र खानेतेलको आयात निक्कै बढ्यो

बिजमाण्डू
२०७७ कात्तिक ५ गते १५:११ | Oct 21, 2020
दुई महिनामा एक खर्ब ७८ अर्बको वस्तु आयात, चामल र खानेतेलको आयात निक्कै बढ्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। दुई महिनामा एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकले मासिक प्रतिवेदन सार्वजनिक गर्दै भदौसम्म आयात २२.१ प्रतिशतले घटेको जनाएको छ। यो तुलना अघिल्लो वर्षको भदौसँग हो।

चामल, कच्चा सोयाविन तेल, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, खानेतेल र कोइला लगायतका वस्तुको आयात विगतको तुलनामा बढी भएको छ। पेट्रोलियम पदार्थ, यातायात साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेलको आयात  भने विगतको तुलनामा कम छ।

लकडाउन र निषेधाज्ञाका कारण सवारी साधन चलेनन्। यसले गर्दा पेट्रोलियम र सवारी आयात कम भएको हो। भारतले पाम आयात बन्द गरेकाले नेपालले पनि कच्चा पदार्थ ल्याउन कम गरेको हो।

दुई महिनामा निर्यात साढे १० प्रतिशतले बढेर २० खर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्ष करिब २६ प्रतिशतले निर्यात बढेको थियो। कोभिडले विश्व बजार नै प्रभावित पारेका बेला पनि साढे १० प्रतिशतको निर्यात भएको हो।

दुई महिनामा आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ। पामतेल, दाल, जुस, लत्ताकपडा, जस्तापाताको निर्यात घटेको छ।