मूल्यसूची नराख्नेदेखि बिना अनुमति सञ्चालनमा रहेका तीन पसल कारबाहीमा, जरिवाना तिराइयो

बिजमाण्डू
२०७७ कात्तिक ५ गते ०९:५६ | Oct 21, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय पर्साले सर्लाहीका ३ वटा पसललाई जनही ५०-५० हजार रुपैयाँ जरिवाना गरेको छ।

कार्यालयका निमित कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, घरेलु तथा साना उधोग कार्यालय सर्लाही, लालबन्दी नगरपालिकाको कार्यालयलगायतको टोलीले लालबन्दी बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन विपरीत काम गरेको पाइएकोले ती पसलहरुलाई उपभोक्त संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको हो।

कारबाहीमा पर्ने पसलहरुमा लालबन्दी-७ स्थित बिना इजाजत सञ्चालनमा रहेको तीर्थरमण राइस मिल, सोही स्थानमा मूल्यसूची नराख्ने आशीर्वाद किराना पसल र इजाजत बिना सञ्चालनमा रहेको सिटी डिपार्टमेन्ट स्टोर्स रहेको वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय वीरगंजका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए।