क्लासिक टेकको सामाजिक काम, दुर्लभ रोग लागेकी बालिकाको उपचारका लागि १० लाख रुपैयाँ सहयोग

बिजमाण्डू
२०७७ कात्तिक ४ गते १६:४४ | Oct 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। क्लासिक टेकले दुर्लभ रोगबाट पीडित १३ महिनाको बालिका सियोना श्रेष्ठको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रेष्ठको उपचारका लागि रकम दिएको हो।

कम्पनीले श्रेष्ठको उपचारका लागि स्थापना गरिएको बैंक खातामा अनलाइन पेमेन्टमार्फत रकम दिएको हो। बालिका श्रेष्ठ निकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पीडित छिन्।

यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकलाई क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो। त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न गो-फण्डिङ मार्फत रकम संकलन गरिरहेका छन्। यसको लागि गो-फण्डमी डटकममार्फत रकम संकलन भइरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय अधिकारीले २० करोड रुपैयाँका अगाडि १० लाख थौरै भए पनि सबैले सहयोग गरेमा आवश्यक रकम जुट्ने विश्वास लिए। कम्पनीले सहयोगबाहेक आधिकारिक सोसल मिडियामार्फत सहयोगको अपिलसमेत गरेको छ ।